यू-१९ विश्वकप : न्युजिल्यान्डसँग पहिलोपटक हार्यो नेपाल
थानकोट ।
आईसीसी यू-१९ विश्वकप क्रिकेटमा नेपाल न्युजिल्यान्डसँग पहिलोपटक पराजित भएको छ ।
दक्षिण अफ्रिकामा जारी १५औं आईसीसी यू-१९ विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा न्युजिल्यान्डले नेपाललाई ६४ रनले हराएको हो ।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय दुई रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ३८ रनमात्र बनाउन सक्यो ।
प्रतियोगिता अन्तर्गत आईतबार सम्पन्न अर्को खेलमा श्रीलंकाले जिम्बावेमाथि सहज जित दर्ता गरायो ।
आज बंगलादेश र आयरल्याण्ड तथा अष्ट्रेलिया र नामिबियाबीच खेल हुने तालिका रहेको छ ।













