माघ १० गतेबाट पिपलामोडदेखि दुवाकोटसम्म रिद्धि-सिद्धि गुड्दै
थानकोट ।
रिद्धिसिद्धि यातायातले चन्द्रागिरि नगरपालिकाको पिपलामोडदेखि भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित नेपाल इन्जिनियरिंङ क्याम्पससम्म सेवा दिने भएको छ।
माघ १० गतेदेखि सेवा सुरु हुने गरी हरेक दिन बिहान ४ः५५ बजेदेखि प्रत्येक २० मिनेटको फरकमा सार्वजनिक बस सुरु हुन लागेको सो यातायात सेवाले जनाएको छ ।
राजधानी काठमाडाैंसँग मोफसल जोड्ने प्रमुख सडक नाका भएतापनि चन्द्रागिरि नगरपालिका-२ पिपलामोड क्षेत्रमा स्थानीय रूटमा गुड्ने सवारी साधनको सेवा नियमित हुन नसक्दा स्थानीयले सास्ती भोग्दै आएका छन् ।
स्थानीयले रिद्धि सिद्धि यातायातले सेवा पुर्याउन गरेको प्रयास सह्रानीय भएतापनि विगतमा यस खाले सेवा नियमित नभएकोले दीर्घकालीन समाधान खोजिनुपर्ने धारणा राख्दै आएका छन्।











दुवाकोटसम्म सन्चालन गर्न लागेको त राम्रो हो तर अति ढिलो सुस्ति गर्ने, टन्न नभरेसम्म (स्टपै पिच्छे धेरै समयसम्म रोकिरहने) अघि नबढाउने हुनाले भरपर्दो त्यति चित्तबुझ्दो छैन ।