चन्द्रागिरि नगरपालिका न्यु डायमण्ड स्पोर्ट्स क्लबका प्रशिक्षक कुमार राईलाई ढोरपाटनको सम्मान
थानकोट ।
चन्द्रागिरि नगरपालिका नैकापस्थित न्यु डायमण्ड महिला भलिबल टिमका प्रशिक्षक कुमार राई सम्मानित भएका छन्।
ढोरपाटन स्पोर्टस क्लबले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपको उद्घाटन समारोहमा प्रशिक्षक राईलाई सम्मान गरेको हो ।
महिला भलिबल विकासमा अतुलनीय योगदान गरेकोमा राईलाई सम्मान गरिएको हो । राईको प्रशिक्षणमा चन्द्रागिरि नगरपालिका न्यु डायमण्डका आधा दर्जन भन्दा बढि खेलाडीले अहिलेसम्म राष्ट्रिय महिला भलिबल टोलीबाट देशको प्रतिनिधित्व गरिसकेका छन् ।
जसमा रमिला तण्डुकार, रेश्मा भण्डारी, प्रतिभा माली, कृपा अधिकारी, सलिना श्रेष्ठ, रिमा कुँवर र प्रगति नाथ रहेका छन् ।
महिला भलिबल खेलाडी उत्पादनका लागि राईको नेतृत्वमा न्यु डायमण्डले झन्डै डेढ दशकदेखि नियमित प्रशिक्षण भइरहेको छ । राई नेपाल भलिबल संघका केन्द्रिय सदस्य पनि हुन् ।
राईको प्रशिक्षणमा न्यु डायमण्डले गत महिना हेटौंडामा केशवलाल स्मृति भलिबल र गत साता पोखरामा टाइगर कप भलिबलमा दोस्रो स्थान प्राप्त गरेको थियो।
माघ २२ गतेसम्म सन्चालन हुने ढोरपाटन महिला भलिबल लिगमा न्यु डायमण्डसहित एपिएफ, बागमती प्रदेश, नेपाल पुलिस क्लब , जावलाखेल भलिबल ट्रेनिङ क्लब, त्रिभुवन आर्मी क्लब, चन्द, धादिङ स्पोर्टस क्लब र एन्जल्स हार्ट गरि ८ टोलीको सहभागिता रहेकाे छ ।
हाम्रो खेलकुदबाट ।













