ढोरपाटन महिला भलिबल डबल लिगमा चन्द्रागिरि नगरपालिका न्यु डायमण्डको पहिलो हार

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा पहिलो हार ब्यहोरेको छ ।

ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको छैटाैं दिन बुधबार नेपाल पुलिस क्लबले न्यु डायमण्डविरुद्ध जित दर्ता गर्दै न्यु डायमण्डको अपराजित यात्रामा पुर्ण लगाएको हो । खेलमा पुलिसले न्यु डायमण्डलाई ३–१ को सेटमा पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा पुलिस २५-१७, ३३-३१, १६-२५ र २५-१७ को सेटमा विजयी भएको हो ।

हिलो चरणमा शीर्ष ६ स्थानमा रहने टोलीले दोस्रो लिगमा पुनः प्रतिस्पर्धा गर्ने ढोरपाटनले जनाएको छ । ढोरपाटनको १६ औं संस्करणको उत्कृष्ट खेलाडी र वर्षको उत्कृष्ट खेलाडीले एम्पियरको स्कुटर प्राप्त गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीले ५ लाख १ हजार, दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रो टोलीले १ लाख २५ हजार, चौथो टोलीले ७५ हजार, पाँचौं टोलीले ५० हजार र छैटौं टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

हाम्रो खेलकुदबाट

पछिललो अंक तालिकाः

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *