यू-१९ विश्व कप क्रिकेटः सुपर सिक्समा नेपालले आज भारतसँग खेल्दै, नेपालमा प्रत्यक्ष प्रसारण हर्न पाइने

Thankot Times

थानकोट ।

आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटको सुपर सिक्समा नेपालले आज भारतसँग खेल्दैछ ।

दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ ।

यसअघि भएको सुपर सिक्सको खेलमा नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित भएको थियो ।

सुपर सिक्समा नेपालको यो अन्तिम खेल हो ।

नेपालको सेमिफाइनल पुग्ने सम्भावना सुपर सिक्सअघि नै सकिएको थियो ।

समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको थियो ।

समूह चरणमा नेपाल पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएको थियो । 

खेलको प्रत्यक्ष टेलिभिजन प्रसारण नेपालमा समेत हेर्न सकिनेछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *