मातातीर्थमा लालिगुराँस महिला समुहको आयोजनामा रक्तदान, ४० पिन्ट रगत संकलन

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०८ मातातीर्थस्थित लालिगुराँस महिला समुहको आयोजनामा शनिबार रक्तदान शिविर सम्पन्न भएको छ। मातातीर्थस्थित खेलमैदानमा आयोजित सो शिविरमा ४० पिन्ट रगत संकलन भएको बताइएको छ ।

सो महिला समुहले विगतदेखि नै रक्तदान लगायतका परोपकारी कार्यक्रम गर्दै आएको संस्थाकी अध्यक्ष वर्षा पाण्डेले जानकारी दिनुभयो ।

सो शिविर चन्द्रागिरि नगरपालिकाको आर्थिक सहयोग तथा मेट्रो ब्लड बैंको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *