साफ यु-१९ महिला च्याम्पियनसिपः भुटानमाथि नेपालको संघर्षपूर्ण जित, अंक तालिकामा तेस्रो

Thankot Times

थानकोट ।

बङ्गलादेशमा जारी साफ यु-१९ महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले भुटानमाथि कठिन जित निकालेको छ ।

ढाकाको विएसएसएस रङ्गशालामा आइतबार भएको खेलमा नेपालले भुटानलाई १-० गोलले हराएको हो ।

नेपालको जितमा सेनु परियारले ५४औँ मिनेटमा गर्नुभएको गोल निर्णायक बन्यो ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल आयोजक बङ्गलादेशसँग ३-१ गोलले पराजित भएको थियो ।

भुटान भने पहिलो खेलमा भारतसँग १०–० गोलले पराजित भएको थियो । दोस्रो हारसँगै भुटान प्रतियोगिताबाट बाहिरिएको छ ।

शीर्ष दुई टोलीबिच फाइनल हुनेछ ।

आइतबार नै सम्पन्न दोश्रो खेलमा घरेलु टोली बंङ्गलादेशले भारतमाथि १-० गोलले पराजित गर्दै फाइनल यात्रा सुरक्षित गरेको छ ।

नेपालले अब लिग चरणको अन्तिम खेल मङ्गलबार भारतसँग खेल्नेछ । गोल अन्तरका कारण फाइनल प्रवेशका लागि भारतले बराबर खेले पर्याप्त रहँदा नेपालका लागि फाइनल प्रवेशका लागि स्पष्ट तीन अंक हासिल गर्नुको विकल्प छैन् ।

यस्तो छ समान २-२ खेलपछिको अंकतालिकाः


Leave a Reply

Your email address will not be published. Required fields are marked *