कीर्तिपुरमा अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरिक्षक रनिङ ट्रफि फुटबल प्रतियोगिता सुरु

Thankot Times

थानकोट । 

कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलको आयोजनामा सोमबारबाट सशस्त्र प्रहरी महानिरिक्षक रनिङ ट्रफि फुटबल प्रतियोगिता सुरु भएको छ।

५० हजार पुरस्कार राशी रहेको प्रतियोगिता आगामी फागुन ८ गतेसम्म चल्नेछ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं मानवश्रोत विभाग प्रमुखसशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमको प्रमुख आतिथ्यतामा उद्‍घाटन भएको प्रतियोगितामा काठमााडाैं उपत्यकाका १७ र काभ्रे जिल्लाबाट एक गरी कुल १८ वटा विद्यालयहरुका १९ टिमबीच लिग कम नकआउट आधारमा खेलहरु सञ्चालन हुने आयोजकले जनाएको छ।

विद्यालय तहबाटै फुटबल खेलको विकास र विस्तार गर्ने उद्देश्यले हाल काठमाडौँ उपत्यका र भविष्यमा काठमाडौँ उपत्यका बाहिरका एपीएफ तथा अन्य विद्यालयहरुको सहभागिता रहनेछ।

सोमबार भएको उद्‍घाटन खेल अन्तर्गत लेबोरेटरी माध्यमिक विद्यालय कीर्तिपुर र नेपाल एपीएफ स्कुल कीर्तिपुर (ख) बीच भएको खेलमा लेबोरेटरी माध्यमिक विद्यालय कीर्तिपुर ३१ ले विजयी भयो।

यसैगरी दिनको दोस्रो खेलमा सैनिक आवासीय महाविद्यालय सल्लाघारी, भक्तपुरले लिटल एन्जल्स स्कुल हात्तिवन, ललितपुरलाई ६-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।

उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक युवराज पराजुलीले फुटबल विकासका लागि एपिएफ स्कुलले सुरु गरेको यो अभियान महत्वपूर्ण भएको बताएका थिए। उनले बिस्तारै सहभागिता वृद्धि गर्दै थप प्रभावकारी बनाउने बताए।

प्रतियोगिता अन्तर्गत मंगलबार नेपाल एपीएफ स्कुल कीर्तिपुर (ख) विरुद्ध पुष्पसदन स्कुल, कीर्तिपुर, काठमाडौँबीच खेल हुने तालिका रहेको छ भने मंगलबार नै डिएभी स्कुल, जावलाखेल, ललितपुर विरुद्ध मनकामना सेकेण्डरी स्कुल, जोरपाटी, काठमाडौँबीच खेल हुनेछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *