लिग-२ त्रिकोणात्मक र क्यानडासँगको शृंखला खेल्ने नेपाली टोलीको घोषणा

Thankot Times

थानकोट।

आईसीसी विश्वकप लिग-२ अन्तर्गत हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले नामिबिया र नेदरल्याण्ड्ससँग खेल्ने त्रिकोणात्मक सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १९ सदस्यीय टोलीको घोषणा गरेको हो।

लेग स्पिनर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएपछि नेपालको राष्ट्रिय क्रिकेट टोलीमा सूर्य तामाङ‚ पवन सर्राफ र रिजन ढकाललाई ल्याइएको छ।

वैकल्पिक खेलाडीका रुपमा यू-१९ का कप्तान देव खनाल, विवेक यादव, अनिल शाह र प्रतिश जिसीलाई समावेश गरिएको छ।

क्यानडासँग खेल्ने ३ ओडीआई सिरिजका लागि समेत नेपालले १५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। तीव्र गतिका बलर हेमन्त धामी, आकाश चन्द र रिजन ढकाल क्यानडासँगको सिरिजमा पहिलो पटक नेपाली क्रिकेट टोलीमा परेका छन्।

क्यानडाविरुद्धको शृंखला खेल्ने टोली

रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सराफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललितनारायण राजवंशी, आकाश चन्द, अनिल साह

आईसीसी लिग-२ खेल्ने टोली

रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल,  दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आरिफ शेख, पवन सराफ, भीम सार्की, अर्जुन साउद, गुल्शन झा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, सूर्य तामाङ, रिजन ढकाल


Leave a Reply

Your email address will not be published. Required fields are marked *