साफ यू-१९ महिला च्याम्पियनसीपः नेपाल र भारतबीचको खेल आज

Thankot Times

थानकोट ।

 बङ्गलादेशमा जारी उमेर समुहको साफ यू-१९ महिला च्याम्पियनसिपको तेस्रो तथा समुहको अन्तिम खेलमा नेपालले आज भारत विरुद्ध खेल्दैछ।

ढाकाको मुस्ताफा कमल रंगशालामा यो खेल हुनेछ।

यसअघि भएको दोस्रो खेलमा भुटान विरुद्ध नेपाल १-० गोल अन्तरले विजयी भएको थियो उक्त खेलमा नेपालका तर्फबाट सेनु परियारले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो।

प्रतियोगिताको पहिलो खेलमा नेपाल घरेलु टोली बङ्गलादेशसँग ३-१ गोल अन्तरले पराजित भएको थियो। एक खेलमा हार र एकमा जित निकालेको नेपाल फाइनलमा पुग्ने लक्ष्य सहित मैदानमा उत्रिदैछ ।

२ खेल खेलेको नेपालको मात्र ३ अंक छ।

प्रतियोगितामा नेपाल सहित आयोजक बङ्गलादेश, भारत र भुटानले सहभागिता जनाएका छन्।

सहभागी चार टोली मध्ये शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *