एसियन कप फुटबल प्रतियोगिताको उपाधी आयोजक कतारको पोल्टामा, जोर्डन ३-१ स्तब्ध
थानकोट ।
आयोजक राष्ट्रसमेत रहेको कतारले एएफसी एसियन कपको उपाधि जितेको छ ।
जोर्डनलाई ३–१ गोलले पराजित गर्दै कतार च्याम्पियन बनेको हो।
शनिबार राति सम्पन्न फाइनल खेलमा कतारले तीनवटै गोल पेनाल्टीमार्फत गरेको हो। २२ औँ मिनेट, ७३ औँ मिनेट र ९० मिनेटपछि थपिएको समयको पाँचौँ मिनेटमा कतारले पेनाल्टीमार्फत गोल गरेको थियो। कतारले पाएको लागि तीन वटै पेनाल्टी अक्रम अफिफले गोलमा परिणत गरेका थिए ।
उनले प्रतियोगितामा व्यक्तिगत ८ गोल गर्दै सर्वाधिक गोलकर्तासमेत बने । जोर्डनका लागि यजन अल नइमतले ६७ औँ मिनेटमा गोल गरेका थिए ।













