बक्सिङ प्रशिक्षक दिपक महर्जनलाई १ लाख ८ हजार रुपैयाँसहित नेपाल सरकारको सम्मान
थानकोट ।
बक्सिङ प्रशिक्षक दिपक महर्जन युवा तथा खेलकुद मन्त्रालयबाट सम्मानित भएका छन् ।
आइतबार काठमाडाैंमा आयोजित एक समारोहका बीच युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले प्रशिक्षक महर्जनलाई सम्मान गरेका हुन् ।
एशियन बक्सिङ कन्फेडेरेशनद्वारा थाईल्याण्डको राजधानी बैंककमा गत वर्षको माघ २ गते सम्पन्न यू-२२ मेन्स एण्ड वुमेन्स बक्सिङ च्याम्पियनसीपमा मुख्य प्रशिक्षक भइ देशको गरिमा उच्च राख्न योगदान दिएबापत सो सम्मान दिइएको युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थले जानकारी दिए ।
चन्द्रागिरि नगरपालिका १० सतुगंलस्थित बोसिगाउँ निवासी महर्जन पूर्व राष्ट्रिय बक्सिङ खेलाडी समेत हुन् ।













