सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबलः क्वाटरफाइनल समीकरण पूरा

Thankot Times

थानकोट । 

कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलमा जारी प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ । 

मंगलबार सम्पन्न भएका प्रिक्वाटर फाइनल चरणका ४ खेलको समाप्तिसँगै प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको हो । 

मंगलबार सम्पन्न दिनको पहिलो खेलमा सैनिक आवासीय माध्यमिक विद्यालय सल्लाघारीले काव्या स्कुल बुद्धनगरलाई १४० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । सैनिक आवासीय माध्यमिक विद्यालयको तर्फबाट डिग विजय शाही एक्लैले तेहोरो ह्याट्रिक पूरा गर्दा  दिपेश दुम्जानले २ गोल गरेका थिए । सैनिक आवासीय माध्यमिक विद्यालयका लागि रोहित श्रेष्ठ, समर्पण सुनार र अनुभवन पुरीले समान ११ गोल गरेका थिए । खेलमा डिग विजय शाही उत्कृष्ठ खेलाडी चुनिए । 

दिनको दोश्रो खेलमा लेबोरेटरी माध्यमिक विद्यालय कीर्तिपुरले नेपालय हाईयर सेकेण्डरी स्कुल कलंकीलाई १०० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । लेबोरेटरी माध्यामिक विद्यालयको तर्फबाट विष्णु चन्दले ह्याट्रिक पूरा गर्दा एकराज दाहाल, रितिक फडेर र आर्यन थापाले समान २-२ गोल गरेका थिए भने १ गोल नेपालय हाईयर सेकेण्डरी स्कुलका तर्फबाट आत्मघाती भएको थियो । खेलमा विष्णु चन्द म्यान अफ दि म्याच घोषित भए ।

यसैगरी मंगलबार नै सम्पन्न नेपाल एपीएफ स्कुल कीर्तिपुर (ख) र ब्राईट होराईजन चिल्ड्रेन्स होम मातातिर्थबीच भएको खेल निर्धारित समयमा ११ गोल बराबरीमा सकिएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो जसमा नेपाल एपीएफ स्कुल (ख) ४३  गोल अन्तरले विजयी हुँदै प्रतियोगिताको अन्तिम ८ मा चयन भयो । खेलमा रोशन बुढा म्यान अफ दि म्याच चुनिए । 

मंगलबार नै सम्पन्न अन्तिम प्रि-क्वाटरफाइनल खेलमा नेपाल पुलिस स्कुल काभ्रे साँगाले लिटिल एन्जल्स स्कुल, हात्तीवनलाई  ४२ गोल अन्तरले पराजित गर्यो । खेलमा नेपाल पुलीस स्कुलको तर्फबाट राजु आर्जीले २ गोल  गरेका थिए भने मिजेश श्रेष्ठ र प्रशान्त मोक्तानले समान ११ गोल गर्दै टिमलाई प्रतियोगिताको अन्तिम ८ मा पुर्याउन सफल रहे । खेलको उत्कृष्ठ खेलाडी आयुष राई चुनिए । 

यसअघि सोमबार सम्पन्न खेलहरूमा विजयी हुँदै  नेपाल एपीएफ स्कुल क, मनकामना सेकेण्डरी स्कुल, नेपालय ईङ्गलिस पब्लिक स्कुल र जेम्स स्कुल प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरेका थिए ।

प्रतियोगिता अन्तर्गत बुधबार पहिलो क्वाटरफाइनल खेल हुने तालिका रहेको छ । जहाँ मनकामना सेकेण्डरी स्कुल र  जेम्स स्कुलबीच खेल हुनेछ ।

५० हजार पुरस्कार राशी रहेको प्रतियोगिता आगामी फागुन ८ गतेसम्म जारी रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *