भोलि फागुन ५ गते पुरानो नैकापमा आँखा जाँच शिविर आयोजना हुने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका पुरानो नैकापस्थित वडा कार्यालय हातामा (भोलि) फागुन ५ गते शनिबार एक दिने निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने भएको छ ।

चन्द्रागिरि वडा नं. १३ पुरानो नैकापको आयोजना सो शिविर हुन लागेको वडाध्यक्ष श्रीकृष्ण खत्रीले जानकारी दिनुभयो ।

शिविरमा सहभागी हुन चाहनेहरूले सो दिन बिहान ८ देखी मध्यान्ह १२ बजेसम्म नाम दर्ता गराउन सबैमा अनुरोध समेत गर्नुभएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *