सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताः दुवै सेमिफाइनल खेल आज हुने

Thankot Times

थानकोट ।

कीर्तिपुरमा जारी प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताकाे दुवै सेमिफाइनल खेल आज हुने तालिका रहेको छ । 

प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बिहान १० बजे नेपाल एपीएफ स्कुल कीर्तिपुर क टिम विरुद्ध मनकामना सेकेण्डरी स्कुल जोरपाटी आमुने सामुने हुँदैछन् । 

यसैगरी प्रतियोगिताको दोश्रो सेमिफाइनलमा मध्यान्ह १२ बजे नेपाल पुलीस स्कुल साँगाविरुद्ध सैनिक आवासीय महाविद्यालय सल्लाघारीबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ ।

५० हजार पुरस्कार राशी रहेको प्रतियोगिताको फाइनल खेल फागुन ८ गते खेलाइनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *