थानकोट-चित्लाङ सडकको सेतो पहरामा सेतिदेवीको मन्दिर बनाई ऐना चढाउन सुझाव !

Thankot Times

थानकोट ।
थानकोट-चित्लाङ जोड्ने प्रमुख सडक गणेशमान सिंह मार्गको सेतो पहरा क्षेत्रमा पछिल्लो समय दुर्घटना बढिरहेपछि सडकदेखि सदनसम्म यसको चर्चा चुलिएको छ ।

पुष २८ गते भएको जीप दुर्घटनामा एकै परिवारका तीनसहित पाँच जनाको ज्यान गएपछि यस सडकको दुरावस्थाको विषयले थप चर्चा पाएको हो ।
यस सडकको ट्य्राक खुलेको लामो समयसम्मपनि स्तरोन्नति हुन नसक्दा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न विवश छन् । केन्द्रीय राजधानीबाट प्रदेश राजधानी जोड्ने छोटो दूरीको सडक मार्गको अवस्थाका विषयमा सवत्र चासो र चिन्ता व्यक्त हुन थालेपछि अर्थ मन्त्रालयले गत महिना स्रोत सुनिश्चित गरेर ६ करोड रुपैयाँ विनियोजन गरेपछि यस सडकको सेतो पहरा खण्डमा अहिले मर्मतको कार्य जारी छ ।

मन्दिर बनाई ऐना चढाउन बाबाको सुझाव

यसैबीच विश्वभक्त बाबा नाम गरेका एकजना साधकले सो सडक खण्डको सेतो पहरामा मन्दिर बनाउनुपर्ने सुझाएका छन् ।
सडक खन्नुपूर्व क्षमा पूजा नगरिएकोले ती क्षेत्रमा अप्रिय घटना घटिरहेको भन्दै उनले सो क्षेत्रमा सेतीदेवीको मन्दिर बनाई ऐना चढाउनुपर्ने बताएका हुन् ।

कुनै क्षेत्रमा दोष देखिएमा व्यक्तिको ध्यान वीकेन्द्रित हुने भएकोले ऐनाको प्रकाशले ध्यान केन्द्रीत गर्न सहायता समेत पुग्ने भएकोले त्यस्ता स्थानमा  ऐना राखि दोष कम गर्ने चलन अन्यत्र पनि रहेको उनले बताए । आइतबार बिहान थानकोट टाइम्ससँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफुले ध्यान गर्दा सेतो पहरा क्षेत्रमा अलाैकिक शक्तिले मन्दिर बनाउन सुझाएको बताउँदै उक्त स्थानमा सानो मन्दिर स्थापना गर्न आफु लागिपरेको बताए । 

बीपी राजमार्गस्थित सिन्धुलीको सुनकोसी गाउँपालिका-५ रिट्ठेभिरको भित्तापनि सेती देवीको नाउँमा हजाराैं ऐना टाँसिएका छन् । उक्त क्षेत्रमा दुर्घटना बढेपछि साधकहरूको भनाइमा सो क्षेत्रमा सेतीदेवीको स्थान रहेको र ऐना चढाए देवीले शक्ति प्रदान गरि दुर्घटना टर्ने विश्वास स्थानीयसहित यात्रुले गर्दै आएका छन् । हाल १० हजारभन्दा बढी ऐना बिपी राजमार्गको भित्ताभरि छन्।

तस्बिरः बुद्धरत्न मानन्धर 


Leave a Reply

Your email address will not be published. Required fields are marked *