विश्वकप क्रिकेट लिग-२ः आज नामिबिया र नेदरल्याण्डस भिड्दै
थानकोट ।
काठमाडाैंमा जारी आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुँदैछ ।
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरकाे खेल मैदानमा हुने यो खेल बिहान ९ः ३० बजेदेखि शुरु हुँदैछ ।
नामिबियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै यस सिरिजमा विजयी शुरुवात गरेको छ भने नेदरल्याण्डसले पहिलो खेलमा नेपालसँग ९ विकेटले हार व्यहोरेको छ ।
लिग-२ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।
आइसीसीका अनुसार लिग-२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।
खेल तालिकाः
फागुन ७ गते सोमबारः नामिबियाविरुद्ध नेदरल्यान्ड्स
फागुन ९ गते बुधबारः नेपालविरुद्ध नामिबिया
फागुन ११ गते शुक्रबारः नामिबियाविरुद्ध नेदरल्यान्ड्स
फागुन १३ गते आइतबारः नेपालविरुद्ध नेदरल्यान्ड्स













