सतुगंलका श्रीरामले माल्टामा डेढ लाख तलब हुने काम लगाइदिन्छु भन्दै श्रीरामकै १ लाख झ्वाम पारेपछि
थानकोट ।
युरोपेली मुलुक माल्टामा रोजगारीको प्रलोभन देखाइ ठगी गरेको अभियोगमा प्रहरीले चन्द्रागिरि नगरबाट एक युवालाई नियन्त्रणमा लिएको छ ।
काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी रविन्द्र रेग्मीका अनुसार सतुगंल बस्ने २९ वर्षीय श्रीराम पण्डितले माल्टा पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक एक लाख पचास हजार रूपैयाँ तलब पाउने गरी काम लगाइदिन्छु भनि श्रीराम अधिकारीसँग पटक पटक गरी १ लाख रूपैयाँ लिएको र सो पछि सम्पर्कविहिन भएको भन्ने उजुरीका आधारमा पण्डितलाई पक्राउ गरिएको हो ।
सतुगंलबाट समातिएका पण्डितलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलको जिम्मा लगाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनी फागुन ६ गते समातिएका हुन् ।










