काठमाडाैं जिल्ला राष्ट्रपति रनिङ सिल्डः तारकेश्वर नगरपालिका च्याम्पियन, चन्द्रागिरि तेस्रो

Thankot Times

थानकोट । 

काठमाण्डौं जिल्लाका स्थानीय तहहरु बीच भएको १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तारकेश्वर नगरपालिका प्रथम भएको छ । 

गत संस्करण दोस्रो स्थानमा रहेको तारकेश्वरले यो पटक उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिंदा पहिलो स्थान हासिल गर्न सफल भयो। काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा काठमाण्डौं महानगरपालिका सहित काठमाण्डौंका ११ स्थानीय निकायलाई पछि पादै तारकेश्वर उपाधी जितेको हो।

तारकेश्वर नगरपालिका ३२ स्वर्ण, १६ रजत र ११ कास्य पदक सहित पहिलो स्थानमा रहँदा काठमाण्डौं महानगरपालिका १८ स्वर्ण २६ रजत र १७ कास्य पदक सहित दोस्रो स्थानमा रह्यो। त्यस्तै चन्द्रागिरि नगरपालिकाले ७ स्वर्ण ८ रजत र ८ कास्य पदक सहित तेस्रो स्थान हासिल गरेको थियो।

त्यस्तै, गोकर्णेश्वर नगरपालिका ४ स्वर्ण ५ रजत र १२ कास्य सहित चौथो स्थानमा रहँदा कागेश्वरी मनहरा नगरपालिका ३ स्वर्ण ३ रजत र १३ कास्य सहित पाँचौ स्थानमा रह्यो। त्यस्तै कीर्तिपुर नगरपालिका २ स्वर्ण १ रजत र २ कास्य सहित छैठौं नगरपालिका बनेको छ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी ५ वटा नगरपालिकाले एउटा पनि स्वर्ण पदक प्राप्त गर्न सकेनन्।

बुढानीलकण्ठ नगरपालिकाले ४ रजत र ५ कास्य, टोखा नगरपालिकाले २ रजत र ७ कास्य पदक मात्र प्राप्त गरे भने शंखरापुर नगरपालिकाले ३ कास्य, दक्षिणकाली र नागार्जुन नगरपालिकाले दुई-दुई कास्यमा चित बुझाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *