वाफ च्याम्पियनसिप: आज नेपालले इराकको सामना गर्दै, खेल जिते नेपाल सेमिफाइनलमा पुग्ने

Thankot Times

थानकोट ।

साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा आज नेपालले दोस्रो खेल खेल्दैँछ ।

नेपालले समूह चरणको दोस्रो खेलमा इराकको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे जेहादस्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा सुरु हुनेछ।

नेपालले यसअघि पहिलो खेलमा सिरियालाई ४-१ गोल अन्तरको हार चखाउँदै महत्वपूर्ण ३ अंक प्राप्त गरेको थियो ।

इराक भने प्यालेस्टाइनसँग ३-० गोल अन्तरले पराजित भएको थियो ।

समुह बी अन्तर्गत नै आज सिरिया र प्यालेस्टाइनबीचको खेल पनि हुदैँछ ।

यस प्रतियोगितामा नेपाल र गुआम आमन्त्रित टिमको रुपमा सहभागिता जनाइ रहेका छन् । नेपाल रहेको समूह बि मा प्यालेस्टाइन, सिरिया र इराक रहेका छन् भने समुह ए मा आयोजक साउदी अरेबियासहित, गुआम, लेबनान र जोर्डन रहेका छन् ।

नेपालले समुह चरणको अन्तिम खेल आगामी शनिबार प्यालेस्टाइनसँग खेल्ने तालिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *