विश्वकप क्रिकेट लिग-२: घरेलु भूमिमा नेपालको निराशाजनक प्रदर्शन, ३ खेल हार्दा १ खेलमा जित
थानकोट ।
काठमाडाैंमा जारी आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपाल पराजित भएको छ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै १७२ रन बनाउन सक्यो।
१७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभर खेल्दै २ विकेट गुमाएर भेट्टाएको हो।
नेपालका लागि ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रनको योगदान दिए।
करण केसीले २६ रन बनाए। त्यस्तै,आरिफ शेखले २२, आसिफ शेख १७,अनिल साह ६, कुशल मल्ल २,रोहित पौडेल १६, गुल्शन झा ५, दिपेन्द्रसिंह ऐरी १ रन बनाउँदै रन आउट भएका हुन्। यस्तै भीम सार्की ८ बल खेल्दै शून्यमा आउट भएका थिए।
यसअघि डच टोली नेपालसँग ९ विकेटले पराजित भएको थियो।
आइतबारको खेलको समाप्तिसँगै अंकतालिकामा नेपाल तेस्रो स्थानमा झरेको छ । समान ४-४ खेल खेलेका नामिबिया पहिलो तथा नेदरल्याण्ड्स दोश्रो स्थानमा रहेको छ ।
यस्तो छ अंकतालिकाः














