नेपाली क्रिकेटरलाई चार श्रेणीमा वर्गीकरण, ग्रेड ‘ए’ का ६ जना क्रिकेटरको मासिक १ लाख तलब

Thankot Times

थानकोट ।

नेपाल क्रिकेट संघ क्यानले नेपाली क्रिकेटरलाई चार श्रेणीमा वर्गीकरण गरेको छ । 

 सोमबार क्यानले खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको हो ।

जसअनुसार पुरुषतर्फ ३० जना क्रिकेटरलाई चार श्रेणीमा वर्गीकरण गरिएको छ। क्यानको फागुन १२ र १४ गते बसेको बोर्ड बैठकले यो निर्णय गरेको हो। 

पहिलो श्रेणीका पुरुष क्रिकेटरले मासिक एक लाख तलब पाउने भएका छन्। दोश्रो श्रेणीका पुरुष क्रिकेटरले मासिक ७० हजार तलब पाउने भएका छन्। यसैगरी तेस्रो श्रेणीका पुरुष क्रिकेटरले मासिक ५५ हजार तलब पाउने भएका छन्। ‘डी’ श्रेणीका क्रिकेटरलाई मासिक ३५ हजार र इमर्जिङ क्याटोगरीका क्रिकेटरलाई मासिक २५ हजार रुपैयाँ तलब उपलब्ध गराउने समेत क्यानले निर्णय गरेको छ।

यस्तै महिलातर्फ १९ खेलाडी वर्गीकरणमा परेका छन्। 

महिलातर्फ ग्रेड ‘ए’लाई ५० हजार, ग्रेड ‘बी’लाई ३५ हजार, ग्रेड ‘सी’लाई ३० हजार, ग्रेड ‘डी’ लाई २५ हजार र इमर्जिङ क्याटोगरिलाई २० हजार मासिक तलब उपलब्ध गराउने क्यानले निर्णय गरेको छ।

क्यानको निर्णय हेराैंः


Leave a Reply

Your email address will not be published. Required fields are marked *