वाफ महिला च्याम्पियनसिपः सेमिफाइनलमा आज नेपाल र लेवनानबीच खेल हुँदै

Thankot Times

थानकोट ।

साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुँदैछन् ।

पहिलो सेमिफाइनलमा जोर्डनले प्यालेस्टाइनको सामना गर्दा दोश्रो सेमिफाइनलमा नेपालले लेवनानको सामना गर्ने तालिका रहेको छ । साउदी अरेबियाको जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा हुने पहिलो सेमिफाइनल खेल नेपाली समय अनुसार साँझ ७ः ४५ बजेदेखि शुरु हुने छ ।

जोर्डन समुह ए मा तिनै खेलमा विजयी भएर समुह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने प्यालेस्टाइन समुह बी मा ३ मध्ये २ जित र एक हारसहित उपविजेता हुदै सेमिफाइनलमा पुगेको हो ।

त्यसैगरी दोस्रो सेमिफाइनल खेलमा नेपाल र लेवनान खेल्दै छन् । जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा नै हुने यो खेल नेपाली समय अनुसार राति १०ः ४५ बजेदेखि शुरु हुनेछ ।

यस प्रतियोगितामा नेपालकी सावित्रा भण्डारी साम्बाले सर्वाधिक ८ गोल गरेर सर्वाधिक गोलकर्ताको सूचीमा शिर्ष स्थानमा रहेकी छन् ।

प्रतियोगिताको फाइनल खेल आगामी बिहीबार हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *