मातातीर्थका कुशल मल्लको कीर्तिमान नामिबियाका लोफ्टीले तोडे
थानकोट ।
नामिबियाकाका ब्याट्सम्यान निकोल लोफ्टी-इटनले २०-२० अन्तरार्ष्ट्रिय क्रिकेटमा नेपालका कुशल मल्लको कीर्तिमान तोडेका छन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार नेपाल विरुद्ध ३३ बलमा शतक पूरा गर्दै निकोलले कुशलको कीर्तिमान तोडेका हुन् ।
कुशलले चीनमा मंगोलियाविरुद्ध ३४ बलमा शतक पूरा गरेका थिए ।
निकोलले ११ चौका र ८ छक्काको मद्दमा ३३ बलमा शतक पूरा गरेका हुन् ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा मंगलबार भएको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो ।













