त्रिकोणात्मक टी-२० सिरिजः आज नेपालले नेदरल्याण्डसको सामना गर्दै

Thankot Times

थानकोट ।

काठमाडाैंमा जारी त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा आज नेपालले नेदरल्याण्डससँग खेल्दैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल बिहान ११: ३० बजेदेखि सुरु हुने तालिका रहेको छ ।

मंगलबारदेखि सुरु भएको सिरिजमा नेपालले पहिलो खेलमा नामिबियासँग २० रनको हार बेहोरेको थियो ।

आइसीसीको टी-२० वरियतामा नामिबिया ११औं स्थानमा रहेको छ भने नेदरल्याण्डस १५औं स्थानमा रहेको छ । त्यस्तै नेपाल १६औं स्थानमा रहेको छ ।

खेल तालिका
– नेपाल भर्सेज नेदरल्याण्डस, फागुन १६ गते बुधबार ।
– नामिबिया भर्सेज नेदरल्याण्डस, फागुन १७ गते विहिबार ।
– नेपाल भर्सेज नामिबिया, फागुन १८ गते शुक्रबार ।
– नेपाल भर्सेज नेदरल्याण्डस, फागुन १९ गते शनिबार ।
-नामिबिया भर्सेज नेदरल्याण्डस, फागुन २० गते आइतबार ।
– फाइनल, फागुन २२ गते मंगलबार ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *