यसकारण साबित्रा भण्डारी ‘साम्बा’ले वाफ च्याम्पियनसिपको फाइनल खेल गुमाउने

Thankot Times

थानकोट ।

स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले साउदी अरेबीयामा जारी वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनल गुमाउने भएकी छिन् ।

वाफ च्याम्पियनसीप फिफा विन्डो बाहिर भएकाले सावित्रा नेपालको खेल छाडेर आफू आवद्ध क्लब एना भान गुइनगाम्पमा फर्किनु पर्ने भएको हो ।

बुधबार अखिल नेपाल फुटबल संघ एन्फाले सावित्राले वाफ च्याम्पियन सिपको फाइनल गुमाउने आधिकारिक जानकारी दिएको हो ।

सावित्रासँगको क्लबको सम्झौता अनुसार फिफा विन्डोमा आफ्नो देशका लागि खेल्न पाउने अनुमति थियो ।

तर वाफको फाइनल भने फिफा विन्डो भित्र नपर्ने भएकाले सावित्रा क्लबमा फर्किनु परेको हो ।

वाफ च्याम्पियनसिपको फाइनलमा फागुन १७ गते बिहLबार हुनेछ ।

भण्डारीले प्रतियोगिताका ४ खेलमा सावित्राले ९ गोल गरेकी छिन् । जुन जारी प्रतियोगितामा व्यक्तिगत सर्वाधिक संख्या हो ।

प्रतियोगिताको फाइनलमा जोर्डन र नेपालबीच खेल हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *