त्रिकोणात्मक टी-२० सिरिजः नेदरल्याण्ड्सले नेपाललाई दियो १८५ रनको लक्ष्य

Thankot Times

थानकोट ।

काठमाडाैंमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्याण्ड्सले नेपाल सामु १८५ रनको लक्ष्य प्रस्तुत गरेको  छ ।

खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएपछि नेपालले सो चुनाैती प्राप्त गरेको हो ।

नेदरल्याण्ड्सका लागि माइकल लेभिटले ५४ रन बनाए । यो उनको पहिलो अन्तराष्ट्रिय प्रतियोगिता हो ।

त्यस्तै सिब्राण्ड एंगेलब्रेचटले अविजित ४९ रन बनाए भने कप्तान स्कट एडवार्ड्सले ३३ रन बनाए भने तेजा निदामनुरुले ३१ रन बनाएका थिए ।

नेपालका लागि करण केसी र कुशल मल्लले एक एक विकेट लिए भने २ खेलाडी रनआउट भएका थिए ।

सिरिजको पहिलो खेलमा मंगलबार नेपाल नामिबियासँग २० रनले स्तब्ध बनेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *