‘भरतमोहन अधिकारी स्मृति फाउण्डेशन’ द्धारा कंकाली माविमा सीपमूलक प्राविधिक तालिम कार्यक्रम

Thankot Times

थानकोट ।

बामपन्थी नेता भरतमोहन अधिकारीको पाँचौँ स्मृति दिवस सिर्जनात्मक रूपले मनाइने भएको छ । ‘

भरतमोहन अधिकारी स्मृति फाउन्डेसन’ की सदस्य तथा अधिकारीपुत्री लिमा अधिकारीका अनुसार स्मृति दिवसको अवसर पारेर चन्द्रागिरि नगरपालिका-१३ स्थित कंकाली माविका छात्रछात्रालाई आत्मनिर्भर बनाउन सीपमूलक प्राविधिक तालिम आयोजना गरिएको छ ।

सो विद्यालयका कक्षा नाैदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गरी विषय विज्ञहरूबाट अंग्रेजी भाषा सिकाइका साथै इलेक्ट्रिक, इलेक्ट्रोनिक, प्लम्बिङ, कम्प्युटर र डिजिटल मार्केटिङसम्बन्धी एकमहिने तालिम दिन लागिएको लिमाले बताइन् ।

नेपालको शिक्षा कामसँग नजोडिएका कारण शैक्षिक बेरोजगार उत्पादन गर्ने थलोजस्तो बनेकाले विद्यालय उमेरमै सीप सिकाउन सकिए युवा पलायन रोक्न सकिने विश्वास आफूहरूले लिएको उनको भनाइ थियो ।

विक्रम संवत् १९९३ साल वैशाख २२ गते महोत्तरीको भ्रमरपुरामा बुबा रामचन्द्र र आमा पूर्णकुमारीको कोखबाट जन्मिएका भरतमोहनको ८२ वर्षको उमेरमा ०७५ साल फागुन १८ गते काठमाडौंमा निधन भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *