कक्षा १२ सम्म पढाइ हुने चन्द्रागिरिका सबै विद्यालयमा अब नर्स, बागमती प्रदेशले माग्यो ४५७ जना नर्स

Thankot Times

थानकोट ।

बागमती प्रदेशको स्वास्थ्य निर्देशनालय हेटौंडाले ४ सय ५७ जना नर्सका लागि आवेदन माग गरेको छ ।

निर्देशनालयले बिहीबार सूचना प्रकाशित गर्दै ती संख्यामा नर्स माग गरेको हो ।

बागमती प्रदेशका सामुदायिक विद्यालयमा सेवा प्रदान गर्ने गरी ठुलो संख्यामा नर्स माग गरिएको निर्देशनालयका निर्देशक दिपक प्रसाद तिवारीले बताउनुभयो ।

यसअघि प्रदेशका ५ सय १९ वटा सामुदायिक विद्यालयमा रहेका नर्स मध्येमा रिक्त १ सय २८ जना र थप ३ सय २९ वटा कक्षा १२ सम्मका विद्यालयमा नर्स राख्नका लागि आवेदन माग गरिएको तिवारीले बताउनुभयो ।

स्वास्थ्य निर्देशनालयको चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार, “एक विद्यालय, एक नर्स कार्यक्रम” अन्तर्गत विद्यालय नर्स सेवा करारमा लिने भएको हो ।

इच्छुक व्यक्तिले चैत्र १४ गतेभित्र एक स्थानीय तहमा मात्र आवेदन दिन सक्ने निर्देशनालयले जारी गरेको सूचनामा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *