चैत्र १ गतेदेखि थानकोट-चित्लाङ सडकमा सवारी साधनको चाप थप बढ्ने

Thankot Times

थानकोट।

काठमाडाैं-हेटाैंडा जोड्ने प्रमुख मध्येको एक सडक मार्ग कान्ति लोकपथ चैत्र १ गतेबाट ४५ दिनका लागि बन्द हुने भएको छ । 

सडकको स्तरोन्नतिका लागि सो सडक बन्द गरिन लागेको हो । 

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा फागुन १६ गते बसेको बैठकले सो सडक मार्गको काल्चे खण्डमा पर्ने चेनेज कटिङसहितको निर्माण गर्न बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सवारी आवत जावतमा रोक लगाउने निर्णय भएको हो ।

सो अवधिमा अत्यावश्यक सेवाका सवारी साधन भने सञ्चालनका लागि स्थानीय प्रशासनले समन्वय गर्ने बताइएको छ। 

कान्ति लोकपथमा सवारी साधन सञ्चालनमा रोक लगाइने निर्णयपछि थानकोट-चित्लाङ-मार्खु सडक खण्ड साना तथा मझाैला सवारी साधनको चाप बढ्ने भएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *