आजबाट कान्ति लोकपथमा दिउँसो सवारीसाधन सञ्चालनमा रोक, थानकोट-चित्लाङ रोडमा थप चाप

Thankot Times

थानकोट ।

काठमाडाैं-हेटाैंडा जोड्ने प्रमुख मध्येको एक सडक मार्ग कान्ति लोकपथ आजदेखि ४५ दिनका लागि बन्द हुने भएको छ ।

सडकको स्तरोन्नतिका लागि सो सडक बन्द गरिन लागेको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा फागुन १६ गते बसेको बैठकले सो सडक मार्गको काल्चे खण्डमा पर्ने चेनेज कटिङसहितको निर्माण गर्न बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सवारी आवत जावतमा रोक लगाउने निर्णय गरेको थियो ।

सो अवधिमा अत्यावश्यक सेवाका सवारी साधन भने सञ्चालनका लागि स्थानीय प्रशासनले समन्वय गर्ने बताइएको छ।

कान्ति लोकपथमा सवारी साधन सञ्चालनमा रोक लगाइने निर्णयपछि थानकोट-चित्लाङ-मार्खु सडक खण्ड साना तथा मझाैला सवारी साधनको चाप बढ्ने भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *