हिलाम्मे थानकोट-चित्लाङ सडकमा सवारीसाधनको बिजोग, मोटरसाइकल नगुडाएकै बेश !

Thankot Times

थानकोट ।

लगातारको झरीका कारण हिलाम्मे बनेको थानकोट-चित्लाङ सडक (गणेशमान सिंह मार्ग) मा सवारी साधनहरू जोखिमपूर्ण रुपमा गुडिरहेका छन् । 

गत महिना सो सडकमा ‘लेभल मिलाउन’ भन्दै माटो हालिएपछि सो सडक खण्ड पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुँदै आएको छ। 

शुक्रबार रातिदेखी परेको पानीका कारण शनिबार बिहानैबाट सो सडकमा सवारी साधन सञ्चालनमा कठिनाइ भएको चालकहरूले बताएका छन् । सवारी साधन सहजै गुड्न नसकेपछि यात्रुहरू सडकको जोखिमपूर्ण भाग हिंडेरै छिचोलिरहेको देखिन्थे ।

बाटो हिलाम्मे हुँदा सवारी साधन अघि बढ्न नसकेपछि यात्रुहरूले सवारी साधन धकेल्न व्यस्त देखिन्थे ।

शनिबार साँझबाट सो क्षेत्रमा पुन वर्षा हुन थालेपछि सडकमा यातायात आवागमन थप जोखिमपूर्ण बनेको छ । 

सडकको काठमाडाैं खण्ड (थानकोट पानीघाट-चन्द्रागिरि भञ्ज्याङ खण्ड)मा बढी जोखिमपूर्ण मानिन्छ ।

कान्ति लोकपथ, मातातिर्थ-चखेल- कुलेखानी सडकमा पछिल्लो समय सवारी साधन सञ्चालनमा रोक लगाइएपछि थानकोट-चित्लाङ सडक (गणेशमान सिंह मार्ग) मा मझाैला तथा साना सवारी साधनहरूको चाप बढिरहेको छ ।

पछिल्लो समय यस सडकमा दुर्घटना बढिरहेको भएपनि सुरक्षा सतर्कतामा नियामक निकायले खासै ध्यान दिएका छैनन् । 

 

तस्बिरः सुदर्शन लामिछाने


Leave a Reply

Your email address will not be published. Required fields are marked *