काठमाडाैं शिक्षा क्याम्पस प्रशासन प्रमुख भण्डारीको निधन, सोमबार क्याम्पसमा शोक बिदा

Thankot Times

थानकोट ।

सतुगंलस्थित काठमाडाैं शिक्षा क्याम्पस प्रशासन विभागमा कार्यरत कर्मचारी अनिता भण्डारीको निधन भएको छ ।

३३ वर्षीया भण्डारी केही वर्षदेखी कलेजो र मृगाैला सम्बन्धी रोगबाट पीडित थिइन् ।

कानुन व्यवसायी तथा चन्द्रागिरि नगरको मेलमिलाप कार्यकर्तासमेत रहेकी भण्डारीको उपचारका क्रममा आइतबार निधन भएको काठमाडाैं शिक्षा क्याम्पसका प्रमुख शत्रुध्नप्रसाद गुप्ताले जानकारी दिनुभयो ।

भण्डारीको निधनमा क्याम्पसले भोलि (सोमबार) क्याम्पसमा शोक बिदा दिएको छ ।

क्याम्पसका प्रमुख गुप्ताका अनुसार मृतक भण्डारीको पार्थिव शरिर सोमबार गृह जिल्ला पाल्पामा दाहसंस्कार गरिने तयारी भएको छ ।

भण्डारीका श्रीमान र डेढ वर्षीया छोरी छिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *