बागमती प्रदेश सरकारले अनलाइनबाटै रुट परमिट दिने

Thankot Times

थानकोट । 

बागमती प्रदेश सरकारले अनलाइनबाटै पटके रुट परमिट दिने व्यवस्था गरेको छ ।

प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले अनलाइन माध्यमबाट पटके रुट इजाजत सेवा दिने तयारी गरेको हो ।

मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालयहरूबाट उक्त सेवा प्राप्त गर्ने गरी अनलाइनबाटै पटके रुट इजाजत लिन पाइने मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले जानकारी दिए ।

उनका अनुसार उक्त सेवाको यातायात व्यवस्था सेवा कार्यालय, सल्लाघारी भक्तपुरबाट शुभारम्भ गर्ने तयारी गरिएको हो । मंगलबार औपचारिक रूपमा उक्त सेवाको शुभारम्भ गरिने सूचना अधिकारी पौडेलले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *