एसइइ परीक्षा सुरु, ओत लागेर परीक्षा केन्द्रमा पुगे परीक्षार्थी

Thankot Times

थानकोट ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) आज बिहीबारबाट सुरु भएको छ ।

परीक्षाको पहिलो दिन आज परीक्षार्थीहरुले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजे सकिनेछ ।

बिहानैबाट पानी पर्दा परीक्षार्थीहरू तथा शिक्षकहरू छाता, वर्षादी ओढेर परीक्षा केन्द्रमा पुगेका देखिन्थे ।

एसईई परीक्षाका लागि सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थीले फारम भरेका थिए । परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र तोकिएको छ ।

चन्द्रागिरि नगरका ५६ वटा विद्यालयका २०३७  जना परीक्षार्थीहरूले नगर क्षेत्रका ५ वटा परीक्षा केन्द्र तथा नगर बाहिरका तीनवटा परीक्षा केन्द्रबाट माध्यमिक शिक्षा परीक्षा दिइरहेका छन् ।

परीक्षा चैत्र २७ गतेसम्म चल्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *