सुनको मूल्यले बनायो नयाँ कीर्तिमान

Thankot Times

थानकोट ।  

नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ कीर्तिमान बनाएको छ ।

आज बिहीबार नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

यसअघि चैत ८ गते हालसम्मकै उच्च मूल्य एक लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

तेजाबी सुन प्रतितोला एक लाख २७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदी प्रतितोला २० रुपैयाँ बढेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ५ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *