एक महिनामा नेपालीपन झल्कने नाम राख्‍न निजी विद्यालयलाई काठमाडौं महानगर पत्र

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका निजी विद्यालयलाई एक महिनाभित्र नाम परिवर्तन गर्न निर्देशन दिएको छ ।

महानगरभित्र सञ्चालित नेपालीपन झल्कने नाम नभएका निजी विद्यालयलाई एक महिनाभित्रमा नाम परिवर्तन गरी विद्यालय व्यवस्थापन समितिको निर्णयसहित महानगरको शिक्षा विभागमा निवेदन पेस गर्न महानगरले सूचना जारी गरेको हो ।

 

शिक्षा नियमावली, २०५९ को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भए बमोजिम नेपालीपन नाम झल्कने हुनुपर्ने उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *