थानकोट-चित्लाङ सडक हिलाम्मे हुँदा एम्बुलेन्स सञ्चालनमा समेत सकस

Thankot Times

थानकोट ।

लगातारकाे झरीका कारण थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा सवारीसाधन फसेका छन् । साे सडकको थानकोट तर्फ सवारीसाधन फसेका हुन् ।

हिलाम्मे सडकका कारण सवारीसाधन अघि नबढ्दा यात्रुहरु यात्रा सुचारु गर्ने कि फर्कने भन्ने दाेधारमा छन् ।

शुक्रबार बिहान थानकोटबाट चित्लाङतर्फ जाँदै गरेकाे एम्बुलेन्स सडक हिलाम्मे भएपछि थानकोट नै फर्किएको चित्लाङका सुदर्शन लामिछानेले बताउनुभयो । बिरामी काठमाडौंको अस्पताल पुर्याएर पालुङ जाँदै गरेकाे एम्बुलेन्स बाटाे चिप्लो भएका कारण अघि बढ्न नसकेपछि थानकोटतर्फ नै फर्कियाे उहाँले भन्नुभयाे ।

काठमाडौंबाट हेटौंडा जाेड्ने अन्य सडक मार्गहरुमा यातायातको आवागमनमा सीमितता लगाइएका कारण पछिल्लोसमय सवारीसाधनकाे चाप बढिरहेको यस सडककाे करिब ५० मिटर क्षेत्र सुधार नहुँदा यात्रु तथा सवारीसाधन जाेखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

तस्बिर: सुदर्शन लामिछाने


Leave a Reply

Your email address will not be published. Required fields are marked *