सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्य तोलामा एकैदिन २ हजार १ सय रुपैयाँले बढेको छ ।

कारोबार हुने साताको पाँचाैं दिन शुक्रबार छापावाल सुन नेपाली बजारमा प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो हालसम्मकै उच्च मूल्य हो ।

बिहीबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ ।

चाँदी प्रतितोला एक हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *