नैकाप खानेपानीको पदाधिकारी चयनः मतदान समयसीमा सकियो, मत परिणाम आज नै आउने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकापस्थित नयाँ नैकाप खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्रतिनिधि चयनका लागि बिहान ९ बजेबाट सुरु भएको मतदानको समयसीमा अपरान्ह ४ बजे सकिएको छ ।

नैकापस्थित गाेल्डस्टार पार्टी प्यालेसमा बिहान ९ बजेबाट सुरु भएको मतदान अपरान्ह ४ बजेसम्मका लागि निर्धारण गरिएकोमा मतदान गर्ने मतदाताको अझै बाँकी रहेकाले सो कार्य निरन्तर अघि बढ्ने निर्वाचन अधिकृत ईश्वरप्रसाद सुवेदीले जानकारी दिनुभयाे ।

यद्यपी मतदानस्थलमा आइपुगेका मतदाताहरू मात्र मतदान प्रकृयामा सहभागि हुन पाउनेछन् ।

हालसम्म करिब ९ सय मतदाताले मतदान गरेको अनुमान गरिएको छ । अझै करिब २ सय जना मतदाता लाम लागेको निर्वाचन प्रतिनिधि दिपक गाैतमले जानकारी दिनुभयो ।

समितिको सदस्य ९ पदका लागि २१ जनाले उम्मेदवारी दिएका छन् ।

संस्थाको विधानमा उपभोक्ताहरुबाट प्रत्यक्ष निर्वाचित ९ जना सदस्यहरु मध्येबाट पदाधिकारी चयन हुने व्यवस्था छ ।

३ जना महिला सहित ६ पदमा राजनीतिक दलीय गठबन्धन र स्वतन्त्र गठबन्धन गरि दुई प्यानल चुनावी मैदानमा उत्रिएका हुन् ।

दलीय गठबन्धनको नेतृत्व रामहरि बस्नेतले गरेका छन भने स्वतन्त्र प्यानलकाे नेतृत्व कृष्ण महर्जनले गरेका छन् । बस्नेत हालका अध्यक्ष हुन भने महर्जन सचिव छन् ।

राजनीतिक दलीय गठबन्धनमा नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्तरूपमा प्यानल बनाएका छन् भने अर्कोतिर स्वतन्त्र रूपमा प्यानल बनाइएको छ ।

निर्वाचन कार्यक्रमस्थलमा बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको छ । प्रहरी प्रभाग नैकाप, बलम्बु, प्रहरी वृत्त थानकोट तथा जिल्ला प्रहरी परिसर टेकुबाट समेत सुरक्षाकर्मी मतदानस्थलमा तैनाथ छन् । 

निर्वाचनकाे परिणाम आज नै आउने बताइएको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *