नयाँ नैकाप खानेपानीकाे निर्वाचनः मतगणना सम्पन्न, कुन प्यानलले कति सदस्य जित्यो ?

Thankot Times

थानकोट ।

नयाँ नेतृत्व चयनका लागि शनिबार भएको नयाँ नैकाप खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकाे निर्वाचन अन्तर्गत मतगणना सम्पन्न भएको छ ।

कुल २०६० मतदाता भएको उपभोक्ता समितिमा १०४५ मत खसेको बताइएको छ। केहीबेर अघि मतगणना सकिएको हो ।

मतगणनाको अन्तिम नतिजा अनुसार रामहरी बस्नेत नेतृत्वको राजनीतिक दलीय गठबन्धनले ९ मध्ये ८ सिटमा जित हात पार्दा कृष्ण महर्जन नेतृत्वको स्वतन्त्र उम्मेदवारी प्यानलले ९ मध्ये १ सिटमा जित हात पारेको छ ।

उपभोक्ताहरूबाट प्रत्यक्ष मतदान गरी बढी मत पाएका ९ जना सदस्यहरूबाट पदाधिकारी चयन हुने व्यवस्था छ । जसमा ३ जना महिला र ६ जना पुरुष रहनेछन् ।

९ सदस्यीय निर्वाचित पदाधिकारीहरू रहने उपभोक्ता समितिमा नेकपा एमाले ले ४, नेपाली काँग्रेसले ३, माओवादी केन्द्रले २ पद बाँढेर लिने सहमति भएपछि उनीहरूले चुनावमा गठबन्धन गरेका थिए । दलीय भागबण्डासँग फरक मत राख्ने उपभोक्ताहरूको अलग समुहले पनि स्वतन्त्र प्यानल बनाइ उम्मेदवारी दिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *