नैकाप क्षेत्रमा त्रिविका नाउँमा रहेको १ सय २५ रोपनी जग्गा अतिक्रमणमा !

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका क्षेत्रमा त्रिभुवन विश्वविद्यालयको नाउँमा रहेको १ सय २५ रोपनी जग्गा अतिक्रमणमा परेको छ । 

त्रिवि रजिस्ट्रार कार्यालयका अनुसार विश्वविद्यालयको नाउँमा रहेका मुलुकका विभिन्न स्थानमा रहेका ३७ सय रोपनीमध्ये एक हजारभन्दा बढी रोपनी जग्गा अतिक्रमणमा परेर अनधिकृत रूपमा भोगचलन भइरहेको छ । 

दाताले विश्वविद्यालयका नाममा अर्पण गरेको जग्गासमेत त्रिविले संरक्षण र भोगचलन गर्न सकेको छैन् ।

कलंकी-थानकोट-नागढुङ्गा सडक खण्डको नैकाप क्षेत्रमा त्रिविका नाममा रहेको १ सय २५ रोपनी जग्गा विभिन्न व्यक्तिको अतिक्रमणमा परेको छ ।

त्रिविले आफ्नो भोगाधिकार प्रयोग नगर्दा ‘भूमाफिया’ मार्फत उक्त जग्गा बिक्री वितरणसमेत भएर व्यक्तिले घर निर्माण गरेका छन कान्तिपुर दैनिकमा खबर छ।

५६ वर्षदेखि विश्वविद्यालयले उपयोग गर्न नसकेको उक्त जग्गा विभिन्न व्यक्तिले किनेर घर बनाउँदै जाँदा सहर बसालेका छन् ।

त्रिविको लापरबाहीका कारण नैकापको १ सय २५ रोपनी जग्गा कसको हो भन्ने विवाद पनि देखिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *