महादेवस्थान स्वास्थ्य चाैकीमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन हुँदै

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाको आयोजनामा भोलि (चैत्र २२ गते) बिहीबार महिलाहरूका लागि लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

चन्द्रागिरि नगरपालिका-६ थानकोट चेकपोष्टस्थित स्वास्थ्य चाैकीमा सञ्चालन हुने सो शिविरमा ३० वर्ष उमेर समुहमाथिका महिलाहरूको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा स्तन क्यान्सर सम्बन्धी जाँच हुने बताइएको छ ।

एनपीएल समाज कल्याण संस्थाको प्राविधिक सहयोगमा सञ्चालन हुने सो शिविर बिहान १० बजेबाट सुरु हुने महादेवस्थान स्वास्थ्य चाैकीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *