सात दिनभित्र विद्यालयको नाम नेपाली नराखे विद्यार्थी भर्ना रोक्ने काठमाडाैं महानगरको चेतावनी

Thankot Times

थानकोट।

काठमाडौं महानगरपालिकाले सात दिनभित्र नेपालीपन झल्कने गरी विद्यालयको नामकरण नगरे भर्ना प्रक्रिया रोक्ने चेतावनी दिएको छ । बुधबार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै महानगरले आफ्नो मातहतका संस्थागत (निजी) विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न समय सीमा तोकेको हो ।

महानगरले शिक्षा नियमावली, २०५९ को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम

७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै महनगरले मौलिक नामकरणको प्रक्रिया अगाडि नबढाए विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउने बताएको हो ।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *