चन्द्रागिरि-५ किपुल्चामा आज श्री गणेश भगवति कालिका भैरव जात्रा उत्सव, वडामा सार्वजनिक बिदा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नंं ५ महादेवस्थान, किसिपिडीम आज श्री गणेश भगवति कालिका भैरव जात्रा मनाइँदैछ ।

जात्राका अवसरमा चन्द्रागिरि नगर कार्यपालिका बैठकले वडा नंं ५ र शहरी स्वास्थ्य केन्द्रमा स्थानीय सार्वजनिक बिदा दिन निर्णय गरेको वडा कार्यालयले जनाएको छ ।

चन्द्रागिरि वडा न. ५ मा चैत्र २७ गते स्थानीय सार्वजनिक बिदा

हरेक वर्ष घोडेजात्राको भोलिपल्ट (चैत्र शुक्ल प्रतिपदाका दिन) चन्द्रागिरि नगरपालिका ०५ महादेवस्थान किसिपिडी क्षेत्रमा कालिका भैरव जात्रा मनाउने परम्परा छ ।

जात्राका अवसरमा जात्रास्थल वरपर रङरोगन, ध्वजा पतका तथा झिलिमिली बत्ति राखि आकर्षक बनाइएको छ।

फाइल तस्बिर: प्रदिप महर्जन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *