बलम्बुस्थित सशस्त्र प्रहरीको गोदाममा भएको आगलागीबारे छानबिन गर्न अर्को समिति गठन

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिका बलम्बुमा रहेको सशस्त्र प्रहरी बलको केन्द्रीय गोदाममा सोमबार भएको आगलागीबारे छानबिन गर्न दोस्रो समिति गठन गरिएको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहसचिव भरतमणि पाण्डेको नेतृत्वमा समिति गठन गरेका हुन् ।

सोमबार आगलागी हुनासाथ सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्यालले कार्य विभागका एआईजी वंशीराज दाहालको नेतृत्वमा छानबिन समिति गठन गरेका थिए ।

गृहमन्त्री लामिछानेले गठन गरेको समितिमा सशस्त्रका  डीआईजी किशोर प्रधान, महालेखा नियन्त्रकको कार्यालयका प्रतिनिधि, गृह मन्त्रालयका उपसचिव रसागरमणि पाठक र कम्प्युटर इन्जिनियर सुस्मा श्रेष्ठ सदस्य छन् ।

सहसचिव पाण्डे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत छन् ।

समितिलाई १० दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *