४ किलो अवैध लागूऔषधसहित समातिए गुर्जुधारा बस्ने एक पुरुष

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका गुर्जुधारा बस्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले काठमाडाैं महानगरपालिका-१६ सोह्रखुट्टेस्थित एक क्याफेको पार्किङमा रोकी राखेको बा.१ ज ७२२६ नम्बरको ट्याक्सीलाई जाँच गर्ने क्रममा अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४ किलोसहित पदार्थ फेला पारी ट्याक्सी चालक अर्जुन स्याङतानलाई पक्राउ गरेको हो ।

उनी मकवानपुरका स्थायी बासिन्दा रहेको प्रहरीको भनाइ छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *