स्थापना दिवसको अवसरमा बैशाख ५ गते रक्तदान कार्यक्रम आयोजना गर्दै चन्द्रागिरि साकोस

Thankot Times

थानकोट ।

२३ औं स्थापना दिवसका अवसरमा चन्द्रागिरि नगरपालिका-०७ थानकोटमा मुख्यालय भएको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले रक्तदान शिविर सञ्चालन गर्ने भएको छ ।

बैशाख ५ गते बुधबार संस्थाले मुख्य कार्यालय हातामा सो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

मनमोहन स्मृति मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन हुने सो शिविर बिहान १० बजेबाट दिउँसो २ बजेसम्म जारी रहने संस्थाले जनाएको छ ।

स्थापना दिवसका अवसरमा चन्द्रागिरि साकोसले वर्षेनी रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ भने विभिन्न परोपकारी कार्यमा समेत सहभागिता जनाउँदै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *