प्रधानमन्त्री दाहालको उपस्थितिमा आज दिउँसो पाैने १ बजे नागढुङ्गा सुरुङ मार्गको ब्रेक-थ्रू गरिँदै

Thankot Times

थानकोट ।

राष्ट्रिय गाैरवको आयोजना नागढुङ्गा-सिस्ने खोला सुरुङ मार्गको मुख्य सुरुङआज छिचोलिँदै छ ।

दिउँसो पाैने १ बजे प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सुरुङ मार्गको मुख्य सुरुङ ब्रेक-थ्रू गर्ने आयोजनाको तयारी छ ।

सो क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ समेतको उपस्थिति रहने आयोजना प्रमुख नविनमान श्रेष्ठले बताए ।

आज सुरुङ्गमार्गको सुरुङ ब्रेक-थ्रू हुने भएपनि सञ्चालनमा आउन करिब १ वर्ष लाग्नेछ ।

हालसम्म ७२ प्रतिशत सुरुङ मार्गको काम सम्पन्न भएको छ ।

जापान सरकारको करिब १६ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जामा नेपाल सरकारको समेत लगानीमा बन्दै गरेको हो ।

धादिङस्थित धुनिबेँसी नगरपालिकाको सिस्ने खोलाबाट सुरू भई काठमाडौंको चन्द्रागिरि नगरपालिका-१ दहचोकस्थित टोटीपाखा नजिक निस्कने सुरुङ मार्ग दुरसञ्चार क्षेत्र नजिकै राष्ट्रिय राजमार्गमा जोडिनेछ ।

सुरुङ मार्गको मुख्य सुरुङको लम्बाइ  दुई हजार छ सय ६७ मिटर रहेको छ ।

आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रू भइसकेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *