चन्द्रागिरि नगरमै धेरै विद्यार्थी अध्ययनरत विद्यालयले माग गर्यो १२ जना शिक्षक

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिका नैकापस्थित ब्राइट फ्यूचर माविले विभिन्न विषय शिक्षण शिक्षक माग गरेको छ । 

मंगलबार एक सूचना जारी गर्दै विद्यालयले माध्यमिक र आधारभूत तहमा अध्यापन गराउन १२ जना विषय शिक्षक माग गरेको हो । 

विद्यालयले माध्यमिक तहमा अंगेजी, नेपाली, सामाजिक र कम्प्युटर शिक्षण शिक्षक माग गरेको हो भने आधारभूत तहमा नेपाली, अंगेजी, सामाजिक, विज्ञान तथा गणित विषय शिक्षण शिक्षक माग गरेको हो ।

योग्यता पुगेका इच्छुक आवेदकहरूले बैशाख ८ गतेसम्म दरखास्त पेश गर्न सक्ने विद्यालयका अध्यक्ष मोहन कुमार कार्कीले जानकारी दिनुभयो ।

सो विद्यालयमा हाल करिब १ हजार ८ सय जना विद्यार्थी अध्ययनरत छन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *